Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सञ्चालनमा आउँदै पोखराको पर्यटन व्यवसाय

सञ्चालनमा आउँदै पोखराको पर्यटन व्यवसाय

पोखरा, ५ असोज । लकडाउन, निषेधाज्ञा हटेर आन्तरिक उडान समेत शुरू हुँदै गर्दा पोखरामा पर्यटकीय गतिविधि सुचारु हुन थालेको छ । व्यवसायीले करिब ६ महिनादेखि ठप्प भएका होटल रेष्टुराँ, डुंगा व्यवसाय, प्याराग्लाइडिङ लगायत सेवा सुचारु गर्न लागेका हुन् । सोही अनुसार पोखरामा आजदेखि साहसिक खेलकुद प्याराग्लाइडिङ शुरू गरिँदै छ । विभिन्न हवाइ सेवा प्रदायक कम्पनीले आजदेखि व्यावसायिक हवाई उडान शुरू गरेपछि नेपाल हवाई खेलकुद संस्था (ना)ले पनि प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक प्याराग्लाइडिङ सुचारु गरिएको नाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । लामो लकडाउनसँगै बन्द भएका ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले विस्तारै सेवा शुरू गर्ने उनले बताए ।

लामो समयदेखि ठप्प रहेका व्यवसायलाई गति दिन कम्पनीहरू खोलेर उडानका लागि बुकिङ शुङ गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक उडान शुरू गरेर पर्यटकीय गतिविधि अघि बढाइने उनले बताए ।

कोरोनाको जोखिमसँगै पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीले यो अवधिमा ५० करोड घाटा बेहोर्नुपरेको नाका महासचिव बलराम आचार्यले बताए । कोरोना संक्रमण देखिएसँगै व्यवसाय बन्द भएपछि यसै व्यवसायमा आश्रित ३७० भन्दा बढी पाइलट आर्थिक समस्यामा परेको उनको भनाइ छ ।

प्याराग्लाइडिङका लागि यो सिजन निकै उपयुक्त भएकाले अब आन्तरिक पर्यटनलाई चलायमान गराउने गरी आकर्षक प्याकेज सहित उडानको तयारी थालेको उनले बताए । पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण मानिएको डुंगा व्यवसाय पनि सञ्चालनमा आएको छ । स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रवारदेखि डुंगा सञ्चालनमा ल्याइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x