Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उच्च सर्तकताका साथ यती एअरलाइन्सको सेवा सञ्चालनमा

उच्च सर्तकताका साथ यती एअरलाइन्सको सेवा सञ्चालनमा

काठमाडौं, ६ असोज । यती एअरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान सोमबारबाट सुरु गरेको छ । एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा सोमबार पत्रकार सम्मेलन गरी कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण झण्डै ६ महिनादेखि बन्द रहेको यती सेवा सुरु गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अनोज रिमालले कोभिड–१९ पछिको आवश्यक कार्यविधि बनाएर उडान सञ्चालन गरेको जानकारी दिए ।

एअरलाइन्सका सिईओ रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यती एअरलाइन्सले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाईन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको बताए ।

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् ।

यती एअरलाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x