सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग
काठमाडौं, ७ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको धोविघाटमा रहेको मुस्कान होम अफ होपलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक बैंकका नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई हस्तान्तरण गरेका हुन् ।
बैंकको सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएकाहरुलाई निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
हाल बैंकले ९१ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ ।