Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजार परिसूचक १५ सय ५५ विन्दुमा उक्लियो

शेयर बजार परिसूचक १५ सय ५५ विन्दुमा उक्लियो

काठमाडौं, ७ असोज । बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै निकै उतारचढाव देखिएको बजार अन्तमा ९.३७ अंकले बढेर बन्द भएको हो । योसँगै नेप्से परिसूचक १५ सय ५५ विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा आएका १२ समूहको उपसूचक मध्ये होटल समूहबाहेक अरु बाँकी सबै समूहको सूचक बढेपछि समग्रमा नेप्से बढेको हो । होटल समूहको उपसूचक २३.६४ अंकले घटेको छ।

कारोबार १ सय ९४ कम्पनीको १ अर्ब ७२ करोड रुपैयाँ बराबरको मात्र भएको छ । यो कारोबार रकम हिजोको तुलनामा १ अर्ब भन्दा कम हो ।

यस्तै बुधबार सबैभन्दा धेरै शेयर कारोबार शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। इन्स्योरेन्सको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

सबैभन्दा धेरै कमाउने कम्पनीहरुको अग्रस्थामा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ। आज यो कम्पनीको शेयर मूल्य ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता १ सय ८० रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा भने गोर्खा फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको शेयर मूल्य आज ३.५७ प्रतिशतले घटेर प्रतिकित्ता १ सय ३५ रुपैयाँमा कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x