विश्वकप हेर्न जाने ? कोक खानुस्

काठमाडौं, ८ फागुन । यो महिना कोक पिउनु हुन्छ भने रसियामा हुने फिफा विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउन सक्नु हुनेछ । फेब्रअरी १५ देखी अप्रिल १५ तारिकसम्म कोक पिउने ४० जना भाग्यसाली उपभोक्ताहरुले फिफा विश्वकप २०१८ मा रसिया जान पाउँने छन् ।

कोक खाम्, रसिया जाम अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताहरुलाई सम्पुर्ण खर्चसहित रसियामा ह्ने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका दिदैछ । यस योजना अन्तर्गत ४० भाग्यशाली उपभोक्ताहरुले रसिया जान पाउनेछन् । यसका साथै दुई सय उपभोक्ताहरुले दैनिक आकर्षक उपहार जित्न सकिने कम्पनीद्धारा आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । फिफा लोगो अंकित फिफा बल्र्डकप विशेष उपहारहरु स्पिकर, हेडफोन, पेनड्राईभहरु जित्न सकिने छ । यस्ते हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन समेत जित्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर ३०० एमएल, ५०० एमएल, १.५ लिटर र २.२५ लिटरको कोक, फन्टा, स्प्राइट र कोक जिरोमा लागु हुनेछ । यसमा सहभागि हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएका हुन्छ, त्यसलाई ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *