Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनरल इन्स्योरेन्सको आईपीओमा सुरुकै दिन मागभन्दा बढी आवेदन

जनरल इन्स्योरेन्सको आईपीओमा सुरुकै दिन मागभन्दा बढी आवेदन

काठमाडौं, १२ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिनमा नै लाख जना बढीको आवेदन परेको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार १ लाख बढी आवेदकबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर माग भएको हो ।

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएर २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो। न्यूनतम १० कित्ता शेयर पाउन पनि गोलाप्रथाको सामना गर्नुपर्ने कम्पनीको आईपीओमा १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ ।

आइपीओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट असोज १४ गते बुधबारसम्म आवेदन गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x