Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजार पुन ओरालो तर्फ

सेयर बजार पुन ओरालो तर्फ

काठमाडौं, ९ फागुन । सेयर बजारमा बुद्यबार पनि गिरावट आएको छ । मंगलबार १७ अंकले घटेर १४०० बिन्दुमा अडिएको बजार आज पुन घटेर १३८७.०८ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । जसमा सबैभन्दा पनि इन्स्योरेन्स समूहको परिसूचक ३६ अंकले घटेको भने माइक्रोफाइनान्स समूह सबैभन्दा कम अर्थात ३.९ अंकले मात्र घटेको छ । त्यस्तै आज एक सय ४५ कम्पनीको २८ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जुन कारोबार रकम हिजोको तुलनामा १२ करोडले कम हो ।

नयाँ सरकार गठन भएसँगै अघिल्लो साता सेयर बजारमा उत्साह छाएको थियो । तर त्यो उत्साहन केही दिन पनि टिक्न सकेन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x