सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं, १४ असोज । बुधबार सुनको मूल्य वृद्धि भएको छ । स्थानीय बजारमा हिजो प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज थप ५०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । गत मंगलबार ९४ हजार २०० रुपैयाँमा छापावाला सुन खरिद विक्री भई रहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि वृद्धि भई ९४ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *