Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तातोपानी नाका सोमबारबाट सञ्चालनमा आउने

तातोपानी नाका सोमबारबाट सञ्चालनमा आउने

काठमाडौं, १४ असोज । नेपाल र चीनको मुख्य व्यापारिक नाका तातोपानी आगामी सोमबारबाट पुनः सञ्चालनमा आउने भएकोछ । मुलुककै रणनीतिक महत्वको सो नाका सोमबारबाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन् ।

यो नाका विगत ८० दिनदेखि बन्द छ । बन्द अवधिमा सो नाकाबाट स्वास्थ्य सामग्रीको आयात भए पनि अन्य व्यावसायिक वस्तुको आयात हुन सकेको छैन ।सहमतिअनुसार नाका सञ्चालन गर्न आयतबारसम्म दुवै पक्षले सम्पूर्ण तयारी पूरा गरि सोमबारबाट सामान नेपाल भित्रन सुरु हुनेछ ।

नाका सञ्चालनका क्रममा दुवै पक्षले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ । चीनबाट ल्याइएका सामान लोड–अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५– २५ जनाको दुईवटा श्रमिक समूह तयारी अवस्थामा राख्ने सहमति भएको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x