Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ असोज । जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

आर्ईपीओमा छिटोमा आज र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्ने बताइएको थियो । सोही अनुसार छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द हुन लागेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । आईपीओमा तेश्रो दिनसम्ममा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ । मंगलवार साँझ ५ बजेसम्म ६ लाख ८२ हजार ७७२ जना आवेदकले १ करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयर खरीदका लागि आवेदन दिएको जनाइएको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x