Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कात्तिक १ देखि पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने पर्यटकले यस्ता नियम पालना गर्नुपर्छ

कात्तिक १ देखि पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने पर्यटकले यस्ता नियम पालना गर्नुपर्छ

काठमाडौं, १४ असोज । सरकारले पर्वतारोहण र पदयात्राहरुका लागि नेपाल आउँने पर्यटकहरुलाई आगामी कात्तिक १ गतेबाट खुला गरेको छ । ६ महिनादेखि विदेशी पर्यटकहरुलाई नेपाल आउँन बन्द गरिएको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले नेपालमा पर्वतारोहण र पदयात्रा गर्न आउँने पर्यटकका लागि शर्त सम्बन्धी मापदण्ड, २०७७ जारी गरेपछि विभिन्न सर्त पालना गर्दै नेपालमा पर्यटकहरु आउँन पाउँने छन् ।

नेपाल आउन पर्यटकले अनिवार्य पीसीआर रिपोर्ट र बीमा गरेको कागज बुझाउँनु पर्ने छ । पर्यटकले कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको कागजात पेस गर्नु पर्नेछ । त्यस्तै नेपाल प्रवेश पश्चात पर्यटकले न्यूनतम सात दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटल क्वारेन्टाइन अबधिको पाँचौ दिन निजकै खर्चमा पीसीआर परीक्षण गर्नुपर्नेछ । परीक्षण पश्चात कोरोना नेगेटिभ आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइनेछ । परिक्षणमा कारोना पोजेटिभ आएमा पर्यटकको कोरोना परीक्षण प्रतिवेदनमा कोरोना नेगेटिभ नआएसम्मको अवधि होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुपति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यहरुको कम्तिमा एक लाख रुपैयाँको कोरोना बीमा गर्नुपर्ने छ ।

पर्यटकले नेपाल प्रवेश गर्दा सम्बन्धित अध्यागमन विन्दुमा बुझाउँनु पर्ने कागजातहरु

१) बढीमा ७२ घण्टा अगाडि कोरोना पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको प्रतिवेदन,

२) नेपाल आउँनको लागि प्राप्त गरेको भिसा वा पूर्व स्वीकृतिको कागजात,

३) कम्तिमा सात दिन क्वारेन्टाइनमा रहने भिसा वा पूर्व स्वीकृतिको कागजात,

४) कोरोना सम्बन्धी प्रयोजनको लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको कागजात

पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउँनु अगाबै नोपलको भिसा प्राप्त गरेको हुने पर्ने व्यवस्था गरिएको छ । तर, सम्बन्धित देशमा नेपालमा भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउँन चाहने पर्यटक समूहले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्व स्वीकृति लिई नेपाल आउँन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x