शेयर बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन

काठमाडौं, १४ असोज । आज (बुधबार) पनि शेयर बजारमा गिरावट आउने क्रम रोकिएन । आज नेप्से परिसूचक ३.१९ अंकले घटेर १५ सय ५०.४३ को विन्दुमा झरेको छ ।

हिजो पनि परिसूचक ४.८३ अंकले घटेका थियो ।

आज परिसूचक घटेपनि कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ । आज १ सय ९० कम्पनीको १ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हिजो १ अर्ब ८२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।

१२ समूह मध्ये विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्यूचुअल फण्ड समूहको उपसूचक बढेको छ । अन्य सबैमा गिरावट आएको छ ।

यस्तै, सबैभन्दा धेरै कारोबार हुनेमा क्रमशः नेपाल रि–इन्स्योरेन्स र अरुण केबेली पावर कम्पनी रहेको छ । सबैभन्दा धेरै कमाउनेमा भने कामना सेवा विकास बैंक रहेको छ । आज बैंकको शेयर मूल्य १० प्रतितशले बढेर प्रतिकित्ता १ सय ७० रुपैयाँमा कारोबार भएको छ । यस्तै धेरै गुमाउनेमा भने नेपाल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्यमा भने ६.८७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ४४ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *