Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैलाली भन्सारबाट २ महिनामै साढे ३ अर्बको व्यापार घाटा

कैलाली भन्सारबाट २ महिनामै साढे ३ अर्बको व्यापार घाटा

धनगढी, १५ असोज । कैलाली भन्सार कार्यालयबाट वर्षेनि व्यापार घाटा बढ्दै गएको छ । कार्यालयको तथ्यांक अनुसार उक्त भन्सारबाट चालू आवको साउन र भदौमा मात्रै साढे ३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको पाइएको छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लीप्रसाद पौड्यालका अनुसार साउनमा १ अर्ब ६४ करोड र भदौमा २ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने साउनमा ३ करोड ५७ लाख र ५ करोड ९१ लाख रुपैयाँको मात्र मालसामान मात्र निर्यात भएको छ । आयात निर्यातको उक्त तथ्यांकले यो भन्सारबाट साउनमा १ अर्ब ६० करोड ४३ लाख र भदौमा १ अर्ब ९४ करोड ९ लाख अर्थात् दुई महिनामा ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको देखिन्छ । लकडाउनपछि बजार खुलेकाले आयात पनि बढेको भन्सार अधिकृत पौडेलले बताए ।

उक्त भन्सारबाट वर्षेनि व्यापार घाटा बढेको कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार आव २०७१÷७२ मा ८ अर्ब ५९ करोड ५१ लाख, २०७२÷७३ मा १५ अर्ब ३२ करोड ३९ लाख, २०७३÷७४ मा १२ अर्ब ४२ करोड ४० लाख, २०७४÷७५ मा १६ अर्ब ६२ करोड २२ लाख, २०७५÷७६ मा २१ अर्ब ५० करोड र २०७६÷७७ को जेठ मसान्तसम्म १८ अर्ब २५ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा समग्रमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ ।

उक्त नाकाबाट दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, हार्डवेयर, कस्मेटिक तथा फेन्सी, थान कपडा, पेट्रोलियम, कोइलालगायत सामग्री आयात हुने गरेको छ । लकडाउन अवधिमा चामल, गहुँ, मकै, सोयाबिन, आलु, प्याज, कोइला, पेट्रोलियमलगायत अत्यावश्यक सामग्री मात्रै भित्रिएको थियो भने लकडाउनपछि सबै सामग्री आयात हुन थालेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x