Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गरिमामाले सहारालाई प्राप्ति गर्ने

गरिमामाले सहारालाई प्राप्ति गर्ने

काठमाडौं, १६ असोज । गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमा दुई बैंकबीच प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुई बैंकको डिडिएपछि स्वाप रेसियो तय हुने बताइएको छ ।

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।

सहारा विकास बैंकको सर्लाही मलग्वामा केन्द्रिय कार्यलय रहेको छ भने गरिमा विकास बैंकको काठमाडौंमा केन्द्रिय कार्यलय रहेको छ ।

देशका सातै प्रदेशमा गरिमाले १०२ वटा शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ भने सहाराले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x