माछापुच्छ्रे बैंक २१ वर्षमा प्रवेश, ६ वटा स्मार्ट सेवा सार्वजनिक
काठमाडौं, १६ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले २० औ वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाह तथा योजनाहरु संचालनमा ल्याएको छ । बैंकले पहिलो पटक वि च्याट वालेटको भुक्तानी सेवालगायत अन्य विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टर र स्मार्ट वेवसाईट पनि आजैबाट सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।
बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्राथमिकता काउन्टर र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा १६० औं शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।
हाल बैंकले १६० वटा शाखा कार्यालय, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउन्टर र १९९ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।