Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उत्पादन घटेपछि हस्तकला व्यवसायका ६० प्रतिशतले गुमाए रोजगारी

उत्पादन घटेपछि हस्तकला व्यवसायका ६० प्रतिशतले गुमाए रोजगारी

काठमाडौं, १८ असोज । कोरोना महामारी शुरू भएदेखि नै प्रभावित मुलुकको हस्तकला व्यवसाय अझै तंग्रिन सकेको छैन । पर्यटनसँग समेत जोडिएको हस्तकला सामग्रीको माग खस्किएपछि व्यवसायीले उत्पादन घटाएका छन् ।

यस्ता उद्योगले कुल क्षमताको ८० प्रतिशतसम्म घटाएका छन्, जसले गर्दा आधाभन्दा बढी श्रमिक, कर्मचारीले रोजगारी गुमाएको नेपाल हस्तकला महासंघले बताएको छ । हाल करिब २० प्रतिशत क्षमतामा मात्र उत्पादन हुँदा यस क्षेत्रमा आबद्ध ६० प्रतिशतको रोजगारी गुमेको छ । रोजगार सुनिश्चित नहुने देखेपछि अधिकांशले अन्य पेशा व्यवसाय अपनाउन समेत थालेका छन् ।

हस्तकला सामग्रीको मुख्य बजार विदेश हो । नेपालबाट अमेरिका, चीन र यूरोपेली मुलुकमा ठूलो परिमाण यस्ता सामग्री निर्यात हुने गरेको छ । नेपालबाट यी मुलुकमा वार्षिक ११ अर्ब देखि १५ अर्ब रुपैयाँसम्मको हस्तकलाका सामग्री निर्यात हुने गर्छ । स्वदेशी बजारमा विक्री हुने हस्तकलाका सामानको खरीदकर्ता पनि धेरैजसो विदेशी पर्यटक नै हुन् ।

तर हालको महामारीका कारण पर्यटक आगमन ठप्प रहेको र बाहिरी मुलुकबाट समेत माग नआउँदा उत्पादन घटेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् । माग नै नआएपछि उत्पादन मात्र बढाउन नसकिएको उनको भनाइ छ ।

लकडाउन तथा निषेधाज्ञा हटेपछि अन्य पेशा व्यवसायले गति लिन थाले पनि पर्यटन सम्बद्ध व्यवसाय भएकाले हस्तकलाको व्यापार बढ्न सकेको छैन । हाल व्यवसायीले पहिले नै माग भएका फेल्ट, पश्मिना, काष्ठकला र चाँदीका केही सामग्री मात्र उत्पादन गरिरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x