Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाले जापानमा बेरोजगारी दर ३ वर्ष यताकै उच्च

कोरोनाले जापानमा बेरोजगारी दर ३ वर्ष यताकै उच्च

काठमाडौं, १८ असोज । जापानको बेरोजगारी दर अगस्टमा ३ वर्ष यताकै उच्च देखिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा प्रतिकूल असर परेको छ । व्यापार व्यवसायमा पनि मन्दी छाएको छ । यसको प्रत्यक्ष प्रभाव रोजगारीमा देखिएको हो । लक डाउनसहित नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जापानमा अगस्टमा बेरोजगार दर ३ प्रतिशत पुगेको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।


आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको हो । गत जुलाईमा बेरोजगार दर २।९ प्रतिशत रहेकोमा यो अगस्टमा बढेर ३ प्रतिशत पुगेको हो । गत वर्षभन्दा यस वर्ष जापानमा ४ लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । यससँगै कुल बेरोजगार संख्या २६ लाख पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x