Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख २४ हजार आवेदनकर्ताको हाल खाली

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख २४ हजार आवेदनकर्ताको हाल खाली

काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्सकोको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा आज गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँड गरिएको हो ।

जसमा २ लाख ७० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । ५ लाख २४ हजार ५४ जना आवेदनकर्ताको हात खाली छ । यसमा ७ लाख ९४ हजार जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ हजार १ सय ८८ जना आवेदकले ४८ हजार ६ सय ४० कित्ताका लागि दिएको आवेदन रद्ध भएको छ ।

कम्पनीले गत ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता कर्मचारीले छुट्याएको थियो भने १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x