नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त
काठमाडौं, २० असोज । नबिल बैंकको संचालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो ।
एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश उनी नबिलको संचालक थिए।
२०७४ मंसिर १५ गतेबाट पौडेल नबिलको संचालक समितिमा छन् । पौडेल एसिया प्रशान्त क्षेत्रको ग्लोबल अलाइन्स बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पनि हुन्।