Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मजदूरमा कोरोना देखिएपछि पुनः बन्द भयो तातोपानी नाका

मजदूरमा कोरोना देखिएपछि पुनः बन्द भयो तातोपानी नाका

सिन्धुपाल्चोक, २१ असोज । करिब साढे २ महिनापछि सुचारु भएको तातोपानी नाका पुनः बन्द भएको छ । पछिल्लो पटक गत सोमवारदेखि सञ्चालनमा आएको उक्त नाका मजदूरलाई कोरोना देखिएपछि मंगलवारदेखि बन्द भएको हो । नेपालबाट चीनतर्पm सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको कोरोना परीक्षण गरिएकोमा ७ जनामा पोजेटिभ पाइएपछि चिनियाँ पक्षले सामान निकासी रोकेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताएका छन् ।
नेपालमा परीक्षण गर्दा उक्त मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्पm परीक्षण गर्दा पोजेटिभ देखिएकाले आयात बन्द गरिएको बताइएको छ । सबै चालक र मजदूरको ५÷५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार शुरू गरिएको छ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।
आइतवार बेलुकीदेखि सोमवार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनर सामान भित्रिएको छ । विशेषगरी ती कन्टेनरमा लत्ता कपडा, गार्मेन्ट सामग्रीसहित केही तयारी सामग्री भित्रिएका थिए । यसअघि चीनले मितेरी पुल पारि स्टोर गरेर राखिदिएका सामग्री लिन चालक र मजदूर गरी २९ जना १२ ओटा कन्टेनर लिएर मितेरी पुल पुग्ने गरेका थिए ।
नाकामा पुनः अवरोध भएपछि तिब्बतको खासादेखि बीचबाटोमा करीब ८ सय कन्टेनरमा तयारी पोशाक, लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिक समान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान र खेलौनाजस्ता सामग्री अड्किएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x