देव विकास बैंकको पोखरा शाखालाई स्थानान्तरण
काठमाडौं, १० फागुन । देव विकास बैंक लिमिटेडले पोखराको लेखनाथ महानगरपालिका स्थित नयाँ सडकमा रहेको शाखा कार्यालयलाई पोखराकै चिप्लेढुंगामा रहेको आफ्नै भवनमा स्थानान्तरण गरेको छ ।
ग्राहकहरुको हितलाई मध्यनजर राख्दै अझ सुलभ र सहज रुपमा उत्कृष्ट सेवा दिने उद्धेश्यका साथ बैंकलाई नयाँ स्थानमा स्थानान्तर गरिएको जनाइएको छ ।
उक्त शाखाबाट सि–आस्वा, भिसा डेविट कार्ड,ई बैंकिङ, एसएमएस बैंकिङ सहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिने बैंकले जनाएको छ ।