Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिभिल बैंकले ल्यायो १० प्रतिशत ब्याजदर पाइने सगरमाथा बचत योजना

सिभिल बैंकले ल्यायो १० प्रतिशत ब्याजदर पाइने सगरमाथा बचत योजना

काठमाडौं, १० फागुन । सिभिल बैंक लिमिटेडले १० प्रतिशत ब्याजदर पाइने सगरमाथा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । यस बचत खातामा न्यूनतम मौज्दात एक हजार रुपैयाँ हुनुपर्नेछ ।

यो योजनामा ग्राहकहरुले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै पाँच लाखसम्मको दूर्घटना मृत्यु, अपाङताको निःशुल्क बीमाको ब्यवस्था गरिएको बैंकले जनाएको छ ।

अहिलेको अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क, बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x