सर्बोच्चको अन्तरिम आदेश ‘इम्बोस्ड नम्बर प्लेट तत्काल प्रयोग नगर्नु ’

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ।नेपाल सरकारले नेपाली धर्म सस्कृति तथा रितीरिवाजलाई नै असर पर्ने गरी सवारीसाधनमा इम्बोष्ड नम्बर प्लेट कार्यान्वनयमा ल्याएको भन्दै उक्त व्यवस्था खारेजीको माग गर्दै भरत बस्नेतले रिट दायर गरेका थिए । उनको रिट माथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज यस्तो अन्तरिम आदेश दिएको हो।

हाल सरकारले इम्बोष्ड नम्बर प्लेटमा पूर्ण रुपमा नेपाली अक्षर हटाएको भन्दै सरोकारवाला निकायले समेत त्यसको विरोध गर्दै आएका थिए । यातायात व्यवस्था विभागले गत भद्रौ देखि सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान कार्य थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *