सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं १० फागुन । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज बाजार ०.१० अंकले घटेर १३८६.९८ बिन्दुमा झरेको छ । बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक सय ५७ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। हिजो २८ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

त्यस्तै विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक आज उकालो लागेपनि बैंकिङ, होटल, हाइड्रोपावर, इन्स्योरेन्स र माइक्रोफाइनान्स समूहको परिसूचक भने ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *