Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड दिन विज्ञको सुझाव

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको पुनरउत्थानका लागि साँस्कृतिक पर्यटनमा जोड दिन विज्ञको सुझाव

काठमाडौं, २२ असोज । कोभिड १९ का कारणले सर्वत्र परेको असरबाट पर्यटन क्षेत्रपनि अछुतो नभएको विज्ञले बताएका छन् । सभा नेपालले आयोजना गरेको कोभिड १९ले सास्कृतिक पर्यटनमा पारेको प्रभाव र भावी अवस्था विषयक भर्चुअल कार्यक्रमा आफ्नो धारणा राख्दै ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्र राज श्रेष्ठले पर्यटनको परिभाषा र घुम घामको शैली समयसगैँ परिवर्तन हुने बताए । पर्यटन प्रवद्धन गर्न अहिलेको अवस्थामा भौतिक रुपमा घुम घाम मात्र नभई व्यक्तिले आ आफ्नो क्षेत्रको पर्यटकिय स्थलका बारेमा विभिन्न माध्यमबाट जानकारी गराउदा पनि क्षेत्रलाई सहयोग पुग्ने उनको भनाई थियो । लकडाउनपश्चात नेपालमा भएका प्राकृतिक तथा सास्कृतिक सम्पदाको प्रचार प्रसारमा समय तथा सोच खर्चन आवश्यक रहेको छ ।

यू एन ह्याविट्याटका प्रमुख पद्यम सुन्दर जोशीले काठमाडौ उपत्यकाको सांस्कृतिक सम्पदामा आधारित रहेर पर्यटनको विकास गर्न आवश्यक रहेको जानकारी दिए । उनले अन्य स्थानीय सरकार र ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सास्कृतिक सम्पदाको प्रचार प्रसार, संरक्षण तथा पर्यटकका निम्ति आवश्यक पूर्वाधार तथा सुविधा निर्माणमा सहकार्य गर्न आवश्यक रहेको बताए । पर्या सम्पदा परियोजनाले बुगंमती तथा पिलाच्छे क्षेत्रको विकास तथा संरक्षणमा महानगरसगँ सहकार्य गरेर काम भईरहेको जानकारी समेत दिए ।

पर्यटन क्षेत्रमा कोभिड १९ ले केही निराशा देखिएतापनि समग्रमा नेपालको पर्यटनको क्षेत्र सुधार हुनेमा विश्वस्त रहेको व्यवसायी राज ज्ञवालीले बताए । नेपालमा अब न्यू नर्मलको अवधारणा अनुसार माक्सको अनिवार्य, प्रयोग, कोठाको सरसफाइ, साबुन पानीको प्रयोग र अन्य स्वास्थ्यका मापदण्ड लागु गरेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सभा नेपालकी सद्भावना दुत एवं पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठले सरकारले लागु गरेको सुरक्षाका मापदण्ड अक्षरंस पालना गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । सभा नेपालले आगामी दिनमापनि सास्कृतिक पर्यटन प्रर्वद्धनको सम्भावनाका विषयमा बहु आयामिक पक्षबाट छलफल गर्ने बताएको छ ।

सो संस्थाले यू एन ह्याबिट्याटको सहयोग र लुमन्ती तथा सि.आई यू.डीसगँको सहकार्यमा सास्कृतिक पर्यटनको विबास गर्ने उद्देश्य अनुरप पर्यासम्पदा परियोजना संचालन गरिरहेको छ । सो वेबिनारमा पर्यटन क्षेत्रसगँ सम्बन्धित व्यक्तित्व, निजी संघ संस्थाका प्रतिनिधी, विद्यार्थी, विकास साझेदारी निकाय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x