Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

चाडपर्वमा बढ्ने माग सन्तुलनका लागि कुलेखानीबाट १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता

चाडपर्वमा बढ्ने माग सन्तुलनका लागि कुलेखानीबाट १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता

मकवानपुर, २३असोज । चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युत्लाई निरन्तरता दिइने भएको छ । चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले राससमा उल्लेख छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणको निर्देशनानुसार आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युत्मा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमता अनुसार विद्युत् उत्पादन हुने पनि उनको भनाइ छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज असोज २२ गते अपराह््न ३ बजेसम्ममा १५२६.५६ सेन्टीमिटर पानीको सतह रहेको भए पनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x