Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

धितोपत्र सम्बन्धी सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट मात्र गर्न स्टक ब्रोकर्स एशोसिएशनको आग्रह

धितोपत्र सम्बन्धी सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट मात्र गर्न स्टक ब्रोकर्स एशोसिएशनको आग्रह

काठमाडौं, २३ असोज । काठमाडौं, २३ असोज । धितोपत्रको दोस्रो बजारका सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाटै गर्न स्टक ब्रोकर्स एशोसिएशनले आग्रह गरेको छ । विश्वव्यापी महामारीको जोखिमलाई दृष्टिगत गर्दै संक्रमण न्यूनीकरणका लागि संघले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यहरूलाई यस्तो आग्रह गरेको हो ।
‘ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरू समेत उच्च जोखिममा रहेका तथा कतिपय कम्पनीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल भौतिक उपस्थिति विना नै धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विद्युतीय माध्यमबाटै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउनु हुन संघ हार्दिक आग्रह गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x