सन्राइज बैंकद्वारा नेपाल बाल संगठन (बालमन्दिर)लाई आर्थिक सहयोग

काठमाडौं, २३ असोज । सन्राइज बैंक लिमिटेड नक्सालस्थित नेपाल बाल संगठन, बालमन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंक शुक्रवार एक कार्यक्रमका बीच उक्त संस्थालाई रू. १ लाख ५० हजार रकम प्रदान गरेको हो ।
बैंकले उक्त संस्थामा रहेका अनाथ तथा असहाय बालबालिकाको शैक्षिक, वृत्ति विकास लगायतमा सघाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न आर्थिक एवं शैक्षिक सामग्री सहायता उपलब्ध गराउँदै आएको छ ।