Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सातामा १४ अर्ब ६४ करोडभन्दा बढीको शेयर कारोबार

सातामा १४ अर्ब ६४ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं २४ असोज । यो साता बजारमा १४ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ बराबरको ५ करोड ४४ लाख १८ हजारर ६०३ कित्ता शेयर कारोबार भएको छ । गत तुलनामा यो साता कारोबार रकम ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । त्यस्तै सातामा करीब २२ लाख कित्ता बढी शेयर कारोबार भएको छ ।

गत साता ११ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरको ५ करोड २२ लाख २५ हजार ३३३ कित्ता शेयर कारोबार भएको थियो । यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५९ अंकले माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिन ३१० दशमलव १५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३१४ दशमलव ७४ विन्दुमा पुगेको हो ।

साताको पाँच दिनको कारोबारमा तीन दिन बजार बढ्दा परिसूचकमा उक्त अंकको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन असोज १५ गते बिहीवार बजार १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x