Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चालू आवको २ महिनामा भारतबाट आयात १६.४८ प्रतिशतले घट्यो

चालू आवको २ महिनामा भारतबाट आयात १६.४८ प्रतिशतले घट्यो

काठमाडौं, २४ असोज । चालू आर्थिक वर्ष (आव)को पहिलो २ महिनामा भारतबाट नेपालमा आयात दोहोरो अंकले घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट कुल रू. १ खर्ब ४२ अर्ब २३ लाख बराबरको आयात भएकोमा चालू आवको यसै अवधिमा १ खर्ब १९ अर्ब ६३ लाख ३३ लाख बराबरको वस्तु भित्रिएको छ, जुन गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा १६ दशमलव ४८ प्रतिशतको कमी हो ।

चालू आवको २ महिनामा नेपालबाट भारतमा निर्यात समेत घटेको छ । गत आवको साउन र भदौ महिनामा मुलुकबाट रू. १२ अर्ब १५ करोड २३ लाख बराबरको वस्तु भारत निकासी भएकोमा चालू आवको सोही अवधिमा रू. ११ अर्ब ४२ करोड ८९ लाख बराबरको निर्यात भएको छ ।

गत आवको पहिलो दुई महिना अवधिको तुलनामा चालू आवको सोही अवधिमा उत्तरी छिमेकी मुलुक चीनबाट समेत आयात र निर्यात दुवै घटेको छ । गत आवको साउन–भदौ महिनामा चीनबाट रू. ४० अर्ब ५६ करोड ३७ लाख बराबरको सामान आयात भएको यिो । गत आवको सो अवधिमा २४ अर्ब ३१ करोड ३६ लाख बराबरको सामान भित्रिएको छ । यस्तै गत आवको शुरुवाती २ महिनामा नेपालबाट चीनतर्फ रू. २८ करोड ४२ लाख बराबरको सामान निकासी भएकोमा चालू आवको सोही अवधिमा १६ करोड ७१ लाख बराबरको निर्यात भएको छ । कोभिड–१९ का कारण वैदेशिक व्यापार प्रभावित हुँदा भारत र चीनसँगको आयात–निर्यातमा पनि उतारचढाव आएको भन्सार विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x