Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

बागमती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू

बागमती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू

काठमाडौं, २४ असोज । उत्पादन तथा रोजगारी प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रम अन्तर्गत कुल रू. ३ अर्ब बजेट विनियोजन गरिएको बताइएको राससमा उल्लेख गरेको छ ।

विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा ५ वर्षका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा न्यूनतम रू. ५ लाखदेखि अधिकतम रू. १० लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाले बताएको छ । उक्त कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना रहेको उल्लेख छ ।

राससका अनुसार प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियत दरमा ऋण लगानी गर्नेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख संयोजक र अन्य सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित अनुगमन समितिसमेत रहनेछ । २१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिनेछ ।

कार्यक्रमअनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन प्रशोधन भण्डारण बजारीकरणतर्फ, उद्योग व्यवसायतर्फ, पर्यटन प्रवद्र्धनतर्फ, महिला उद्यमशीलतातर्फ, दलित समुदाय व्यवसायतर्फ र फोहोरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइनेछ । धितो नभएकाको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजनाबापत रू. ५ लाखसम्म र धितो राखेमा बढीमा रू. १० लाखसम्म ऋण उपलब्ध गराइनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x