Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं, २६ असोज । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोली जारी हुने यो बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुँदैछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो बिल कात्तिक २३ गते परिपक्क हुनेछ । त्यस्तै ९१ दिन अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २८ गते परिपक्क हुनेछ भने १८२ दिनको लागि जारी गर्न लागेको २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल चैत ३१ गते परिपक्क हुनेछ ।

१ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x