Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शेयर बजार १.७४ अंकले बढ्यो, १ अर्ब ९४ करोडको भन्दा बढीको कारोबार

शेयर बजार १.७४ अंकले बढ्यो, १ अर्ब ९४ करोडको भन्दा बढीको कारोबार

काठमाडौं, २६ असोज । सोमबार (आज) शेयर बजार १ दशमलव ७४ अंकले बढेको छ। तीब्र उत्तारचढावकाबीच बजार बढेर नेप्से परिसूचक १ हजार ५ सय ७८ दशमलव ०१ विन्दुमा पुगेको छ ।

सो अवधीमा १ सय ८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज बैंकिङ २ दशमलव ३९, ट्रेडिङ्ग २ दशमलव १६, होटल ६ दशमलव ९४, विकास बैंक ७९ दशमलव १२ र माइक्रोफाइनान्स ३ दशमलव ९३ अंकले परिसूचक बढेको छ । यस्तै हाइड्रोपावर ७ दशमलव १२, फाइनान्स ११ दशमलव ६६, निर्जीवन बीमा १२ दशमलव २१, जिवन बीमा २८ दशमलव ३७, उत्पादन तथा प्रशोधन १५ दशमलव ५२, म्यूचुअल फन्ड ० दशमलव ०३ र अन्य समूहको १ दशमलव ८३ अंकले परिसूचक घटेको छ ।

यस्तै आज मुक्तिनाथ विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । बैंकको शेयर मूल्य ३३ अंकले बढेर प्रतिकित्ता शेयर ३ सय ६८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार पनि आज मुक्तिनाथ विकास बैंककै भएको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर मूल्यमा आज ५५ अंकले गिरावट आई प्रतिकित्ता शेयर ८ सय ५४ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x