Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लेखापरीक्षकहरुलाई मुक्तिनाथ विकास बैंकले सहजरुपमा कर्जा प्रदान गर्ने

लेखापरीक्षकहरुलाई मुक्तिनाथ विकास बैंकले सहजरुपमा कर्जा प्रदान गर्ने

काठमाडौं, २६ असोज । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउने भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

संस्थाको ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x