Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनरल इन्स्योरेन्सको आइपीओ नेप्समा सूचिकृत, कारोबार भोलीबाट

जनरल इन्स्योरेन्सको आइपीओ नेप्समा सूचिकृत, कारोबार भोलीबाट

काठमाडौं, २६ असोज । जनरल इन्स्योरेन्स कम्पनीकोे आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज १ करोड कित्ता शेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता भएको हो ।

भोलीबाट शेयर कारोबार खुला हुनेछ ।

नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश रहेको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो । पहिलो कारोबारको लागि नेप्सेले १ सय १ रुपैयाँ ७६ पैसा देखि ३ सय ५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x