Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

काठमाडौंमा प्रदूषण बढ्दै गएको विज्ञहरूको ठहर

काठमाडौंमा प्रदूषण बढ्दै गएको विज्ञहरूको ठहर

लण्डन, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन’ मा विज्ञहरूले काठमाडौंमा अनियन्त्रित सहरीकरण र सवारीसाधनका कारण प्रदूषण हरेक वर्ष बढ्दै गएको तथा अन्य क्षेत्रमा वन विनाश, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहनका समस्या बढ्दै गएका बताएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले विकासका हरेक क्रियाकलापमा वातावरण्ीय पक्षलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो। सरकारले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्ने निर्णय गरेको उल्लेख गर्दै आईईई र इआईए कार्यान्यन नहुँदा वातावरणीय मुद्दा झन पेचिलो बन्दै गएको बताए ।
आइतबार भएको ‘दिगो वातावरण सत्र’मा वन तथा वातावरण मन्त्रालायका सचिव डा. विश्वनाथ ओलीले काठमाडौंमा वायु प्रदूषणको समस्या चुनौतीको रुपमा बढ्दै गएको स्वीकार गर्दै त्यसका लागि सरकारले एक्सन प्लान स्वीकृत गरिसकेको बताए । जलवायु परिवर्तन, जलाधार संरक्षण, पानीका स्रोत र वन्यजन्तु संरक्षणका संरक्षित क्षेत्र नै घोषणा गरेर संरक्षणको काम भइरहेको उनको भनाइ छ ।
प्राडा मदन कोइरालाले स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक रहे पनि प्रदूषण बढ्दै जाँदा नागरिकले स्वच्छ वातावरण पाउन नसकेको बताए । आइईई, इआइए दिगो विकासका उपकरण भए पनि नाम मात्रको प्रतिवेदन बनाएर अगाडि बढ्ने गरेको उनले टिप्पणी गरे ।
चिकित्सक समेत रहेका एनरआएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडलले सहरी वातावरण प्रदूषित हुँदा त्यसको असर मानजीवनमा परिरहेको बताए । सातौं प्रदूषित मुलुकको शहरमा काठमाडौं रहेको उल्लेख गर्दै उनले प्रदूषणका कारण दीर्घरोगीहरू बढिरहेको बताए ।
प्राडा दुर्गा पौडेलले प्राकृतिक स्रोतलाई जोगाउने गरी विकास गर्नुपर्ने बताए । विकास गर्दा वातावरणीय पक्षल जल, जमिन, जंगल, जनावरण र जलवायुलाई ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।
त्रिवि, वातावरण विभाग विभागका प्राध्यापक डा रेजिना मास्केले काठमाडौं उपत्यकामा वातावरण प्रदूषणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सवारीसाधन, कलकारखाना, इटाभट्टा, भुवनावट र कृषि क्रियाकलापका कारण उपत्यकामा वायु प्रदूषण उच्च रहेको र त्यसमा पनि ८० प्रतिशत प्रदूषण फ्रेबुअरी र मार्चमा हुने गरेको उनले बताइन् ।
एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा. डेभिड मोल्डेन हिमाली वातावरण र जलवायु परिवर्तनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । २ सय ४० मिलियन नागरिक हिन्द–कूश क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै उनले उनीहरू जल एवं कृषिमा आधारित जीविकोपार्जन गरिरहेको बताए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा गोपी उप्रेतीले दिगो वातावरण र विकास मापदण्डका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । विकास निर्माणका काम गर्दा वातावरणीय क्षेत्रलाई भुल्न नहुने उनले बताए ।
प्राडा मोहनबहादुर डाँगीले फोहोर व्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गर्दै कुहिने र नकुहिने फोहरलाई छुट्टाछुटै व्यवस्थापन गर्नुपर्ने बताए । कार्यक्रममा प्राध्यापक दुर्गा पौडेल, मेदनी भण्डारी, सन्तोष चौधरी, दुर्गादत्त पौडेल, मदनप्रसाद भण्डारी, अमोद कर्माचार्य, कविन्द्र शाक्य, भुवनेश्वर ढकाल, हेमन्त तिवारी, वसन्त गौतले कार्यपत्रसँगै वातावरण संरक्षण सम्बन्धमा आफ्नो विचार व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x