Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आईएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिने

आईएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिने

काठमाडौं, २७ असोज । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्न आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ । कोषमा २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छाइएका आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरीमा आईएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सक्ने छन् ।

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने आईएमईले जनाएको छ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने बताइएको छ । सधैं चाडपर्वलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याउँने गरेको भएपनि यो वर्ष सेवाग्राहीमुखी स्किम ल्याउन असमर्थ भएको आईएमईले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *