Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एमाले माओवादीबीच मन्त्रालयको भागबण्डा मिल्यो

एमाले माओवादीबीच मन्त्रालयको भागबण्डा मिल्यो

काठमाडौं, १० फागनु । नयाँ सरकारमा एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेको छ । संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १८ मन्त्रालय बनाउने विषयमा सहमति भएको छ । यसमा एमालेले १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय लिने भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा मन्त्रालयको भागवण्डा टुंगिएको हो।
एमालेले अर्थ तथा योजना , परराष्ट्र , रक्षा , भौतिक पूर्वाधार तथा यातायात , संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार , कानुन, न्याय तथा संसदीय मामिला , पर्ययन , शिक्षा तथा खेलकुद , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । माओवादीले गृह, जलस्रोत तथा ऊर्जा , उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण , कृषि, सहकारी तथा भूमि व्यवस्थापन , श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिने भएको छ । मन्त्रीहरुको नियुक्ति भने सम्भवतः शुक्रबार हुने बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x