पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत सुवास निरौलालाई सात वर्ष जेल सजाय

काठमाडौं, १० फागुन । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।
विहिबार विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरु ९ारिकामान जोशी र नारायण कुमार पोखरेलको इजलासले उनीहरुलाई भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना सुनाएको छ।
निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार ३ सय ६२ जरिवाना सुनाएको छ। अख्तियारले उनलाई फर्जी टिकट पेश गरेर भुक्तानी लिएको, मदिरा खरिदको नक्कली विल पेश गरेर भुक्तानी लिएको लगायतका काम गरि ३३ करोड ७२ लाख अनियमितता गरेको अभियोग लगाउँदै तीनवर्ष पहिले विषेशमा मुद्दा दायर गरेको थियो।
त्यस्तै, पर्यटन बोर्डका तत्कालिन लेखा अधिकृत अनिलकुमार दासलाई ६ वर्ष कैद र ५० लाख २९ हजार जरिवाना सुनाएको छ। त्यस्तै विषेशले एसियन ट्राभल्स एण्ड टुर्सका महेन्द्र खनाललाई १ लाख ५४ हजार विगो र त्यति नै जरिवाना गरेको छ। यस मुद्दाका २३ मध्ये २० प्रतिवादीलाई विषेशले सफाई दिएको छ। अख्तियारले प्रतिवादी बनाएका पूर्व सिइओ प्रचण्डमान श्रेष्ठ, पूर्वपर्यटन सचिव सुशील घिमिरे, पूर्व वन सचिव शरदचन्द्र पौडेललगायतलाई विषेशले सफाइ दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *