Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

केएल टावरमा स्मार्ट मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैंमा

केएल टावरमा स्मार्ट मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैंमा

काठमाडौं, १० फागुन । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइवान गेट वान अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खान सहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो ।

मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भए पछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाण्डौंको टुडिखेलमा हुन गईरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ ।

पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x