Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमा एडिबिको सहायता तथा ऋण लगानी २४३८ मिलियन अमेरिकी डलर

नेपालमा एडिबिको सहायता तथा ऋण लगानी २४३८ मिलियन अमेरिकी डलर

काठमाडौं, ११ फागुन । नेपालमा एसियाली विकास बैंक (एडीबी) को सहायता तथा ऋण लगानी २४३८ मिलियन अमेरिकी डलर पुगेको छ । एडिबीको सन २०१७ मा मात्र नेपाली आयोजनाहरुमा ४३५.९ मिलियन अमेरिकी डलरको सम्झौंता भएको छ। यो मध्ये २९८.९ मिलियन अमेरिकी डलर मात्र खर्च भएको एडिबिद्वारा आज आयोजित समिक्षा कार्यक्रममा जानकारी दिइएको छ ।

एडिबीको नेपालमा सबैभन्दा धेरै शहरी र खानेपानी क्षेत्रमा ऋण तथा सहायता रहेको छ। शहरी तथा खानेपानी क्षेत्रमा ७५१ मिलियन डलर रहेको छ।त्यस्तै उर्जा क्षेत्रमा ६०१ मिलियन डलर, यातायातमा ४५३ मिलियन डलर, पुनर्निर्माणमा २०३ मिलियन डलर, कृषिमा २३० मिलियन डलर रुपैयाँ सहयता तथा ऋण सहयोग गरेको छ।यो मध्ये ६२ प्रतिशतको आयोजना सम्झौता सम्पन्न भइसकेको छ भने ३८ प्रतिशतको सम्झौता हुन बाँकी छ। ६२ प्रतिशत रकम खर्च हुन बाँकी छ।

कार्यक्रममा एडीबीका नेपाल निर्देशक मुख्तर खामुदाखानोभले नेपालमा काम गर्न चुनौतीपूर्ण रहेको बताए । सरकारसँग सहजीकरण गर्दै एडिबिले परियोजना अघि बढाइरहेको भन्दै उनले प्राथमिकतामा रहेका आयोजनाहरु समयमै सक्नु चुनौतीपूर्ण रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x