सन्दिपलाई सानिमा बैंकको प्रायोजन

काठमाडौं, ११ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । शुक्रबार बैंकले आयोना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार लामिछानेले अब मासिक ४० हजार रुपैयाँ पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक २० हजार रुपैयाँ दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *