मन्त्रीपरिषद् विस्तारमा ढिलाई, सत्तारुढ दल एमाले र माओवादीलाई मन्त्री छान्न हम्मे
काठमाडौं, १२ फागुन । सरकार गठन भएको एक साता वितिसक्दा पनि सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री छान्न सकेका छैनन । दुबै पार्टीमा मन्त्रीको आकांक्षीहरु धेरै भएपनि मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । जसको कारण मन्त्रीपरिषद् विस्तारको काम हुन सकेको छैन ।
दुबै पार्टीले मन्त्री छनौटको जिम्मा पार्टी अध्यक्ष सहित शिर्ष नेतालाई दिएका छन् । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । जसको कारण मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा टुंगो लगाउनुपर्ने हुदाँ छनौटमा केही कठिनाई देखिएको हो ।
सत्तारुढ दल एमाले र माओवादी बीचको एमालेले १० र माओवादी केन्द्रले ८ वटा मन्त्रालय पाउने गरि भागबन्डा गरिसकेको छ । उद्यपी कुन–कुन मन्त्रालय रहने भन्ने टुंगो लगाइसकेको छैन ।