Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय बीमा संस्थान ५१ औं वर्षमा

राष्ट्रिय बीमा संस्थान ५१ औं वर्षमा

काठमाडौं, ११ फागुन । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान आज देखि स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ। ५१ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले बीमा र वित्तिय क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताए ।

उनले वित्तिय क्षेत्रमा विभिन्न किसिमका जोखिमहरु हुने भन्दै सम्पति र दायित्वको जोखिम भार बहन गर्ने क्षमता नै बीमा भएको प्रष्ट्याए । गभर्नर नेपालले ग्रामिण क्षेत्रमा बीमाको पहुँच विस्तारमा जोड दिए ।

त्यस्तै बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले जीवन बीमालाई समावेशी तुल्याई ग्रामिण क्षेत्रसम्म सेवन विस्तार गर्न संस्थानलाई आग्रह गर्नुभयो । उनले बीमा बजारमा प्रतिस्पर्धा बढेको भन्दै कर्मचारीको उचित व्यवस्थापन, सूचना प्रविधि र नयाँ नयाँ बीमा योजनाका साथ बजारमा खरो उत्रन आग्रह गरे ।

कार्यक्रममा संस्थानका अध्यक्ष डा.खोमराज खरेलले प्रविधि र जनशक्ति दुबै हिसावले संस्थानलाई सबल बनाउने अभियान थालेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x