Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सार्कका व्यासायिक नेतृत्वको सम्मेलन काठमाडौंमा

सार्कका व्यासायिक नेतृत्वको सम्मेलन काठमाडौंमा

काठमाडौं, १३ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग सम्मेलन सार्कका निजी क्षेत्रका नेतृत्वकर्ताहरुको सम्मेलन चैत्र २ देखि ४ सम्म काठमाडौंमा हुने भएको छ । सार्क उद्योग वाणिज्य संघको आयोजनामा हुने सार्कका व्यावसायिक नेतृत्वको यो छैटौं सम्मेलन हो । यसअघि भारतमा तीनओटा, नेपाल र श्रीलंकामा एक—एक ओटा सम्मेलन भैसकेका छन् । नेपालले दोस्रो पटक निजी क्षेत्रका नेतृत्वकर्ताहरुलाई भेला पारेर क्षेत्रीय सम्मेलन आयोजना गर्न लागेको हो । सार्क चेम्बर र नेपाल सरकार वाणिज्य मन्त्रालयले संयुक्त रुपमा आयोजना गर्ने यस सम्मेलनलाई भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।

‘सार्क विजनेश लिडर्स कन्क्लेभ’ नाम दिइएको यस सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधि संस्थाका प्रमुखहरु, सार्क देशहरुका वाणिज्य मन्त्रीहरु तथा राजनेताहरु सहभागी हुनेछन् । पाकिस्तानका प्रधानमन्त्री, श्रीलंकका पूर्व राष्ट्रपति, रिजर्भ बैंक अफ इण्डियाका पूर्व गभर्नर रघुराम राजन तथा भारततीय उर्जा मन्त्रालय (पावर मिनिस्ट्रि अफ इण्डिया) का सचिव लाई विशेष वक्ताका रुपमा आमन्त्रण गरिएको बताइएको छ ।
सार्कमा क्षेत्रीय सहयोग, व्यापार तथा लगानी वृद्धिको अभिप्रायले लामो समयदेखि प्रयास हुँदै आएको भएपनि सार्क मुलुकहरुमा भौतिक पूर्वाधार (सम्पर्क सञ्जाल), अनुदार व्यापार तथा लगानी नीतिका कारण सार्कमा आन्तरिक व्यापार र लगानीको हिस्सा अत्यन्त नगण्य रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x