Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा निरन्तर गिरावट, आज एक वर्षयताकै न्यून बिन्दुमा

सेयर बजारमा निरन्तर गिरावट, आज एक वर्षयताकै न्यून बिन्दुमा

काठमाडौं, १३ फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १२.२५ अंकले घटेर १३७४.७३ बिन्दुमा झरेको छ । यो एक वर्ष यताकै न्यून बिन्दु हो । गत चैतमा नेप्से १३ सय ५७ विन्दुको न्युन विन्दुमा रहेको थियो । त्यसयता बजार आजको बिन्दुसम्म झरेको थिएन ।

नयाँ सरकार निर्माणसँगै केही दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । आज पनि होटल बाहेक कारोबारमा आएका अरु सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । बजारमा लगानी योग्य रकमको अभाव भइरहँदा बजारमा सेयर चाप बढ्दै जानु, लाभांश प्राप्त गर्ने अवसर सकिनु, बैंकहरुको नाफा घट्नु, बार्षिक वित्तीय विवरण आउन समय बाँकी रहेकोले पनि बजार बढ्न नसकेको विश्लेषण गरिएको छ।

होटल समूहको परिसूचक १.७१ अंकले बढेको छ भने इन्स्योरेन्स समूहको परिसूचक सबैभन्दा बढी ४५.२७ अंकले घटेको छ । सो दिन कारोबार रकममा पनि अघिल्लो साताको तुलनामा गिरावट आएको छ । आज एक सय ४६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो साताको अन्तिम दिन ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

त्यस्तै सो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा गुमाएका छन् । सबैभन्दा धेरै सेयर कारोबार भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x