Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पर्यटनका सबै क्षेत्र खुलाउने सरकारको तयारी

पर्यटनका सबै क्षेत्र खुलाउने सरकारको तयारी

काठमाडौं, १७ कात्तिक । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्दै पर्यटन सम्बद्ध सबै क्षेत्र खुलाउने तयारी गरेको छ । कोभिड–१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताएका हुन् ।
आइतवार नेपाल पर्वतारोहण संघ (एनएमए)को ४७औंं वार्षिकोत्सवका अवसरमा भर्च्युअल माध्यमबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले कोरोना महामारीबाट सुरक्षित रहँदै क्रमशः पर्यटन गतिविधि खोलिने बताएको राससमा उल्लेख छ । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटकको आगमन खुला गरेको थियो ।
स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्नेगरी मन्त्रालयले तयारी गरेको भन्दै मन्त्री भट्टराईले यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी दिएका छन् । सरकारले कोरोना महामारीका कारण बन्द रहेको अनराइभल भिसा कात्तिक १ गतेदेखि नै खुला गरिसकेको छ ।
नेपालको पहिचानको रूपमा रहेका हिमालको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्ने खाँचो समेत मन्त्री भट्टराईले औंल्याए । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदाको असर हिमाल तथा हिमतालमा पर्ने गरेको भन्दै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x