Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

महाकालीको चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको घोषणा

महाकालीको चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको घोषणा

महेन्द्रनगर, १७ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिकाको चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणस्थलको टुंगो लागेको छ । जिल्लाको महाकाली नगरपालिका–१ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह बनाउने यकिन भएको आइतवार एक कार्यक्रमका बीच उनले औपचारिक घोषणा गरेका हुन् ।
मन्त्रालयको प्राविधिक सहितको उच्चस्तरीय टोली लिएर दोधारा चाँदनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिकाको मायापुरी र गौरीशंकर सामुदायिक वनको झण्डै १ हजार बिगाहा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागि लिइने बताएका छन् । शुरुआतमा सुक्खा बन्दरगाहका लागि महाकाली नगरपालिकास्थित कञ्जभोज प्रस्ताव गरिए पनि प्राविधिक पक्षको अध्ययनपछि कम लागत र भारतसँगको सहज पहुँचका लागि स्थान परिवर्तन गर्नुपरेको उनको भनाइ छ ।
यसअघि प्रस्तावित दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाहस्थलसम्म आउने पहुँचमार्गका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेपछि मायापुरीमा सुक्खा बन्दगाह बनाउन लागिएको मन्त्री भट्टले बताए ।
सुदूरपश्चिमको स्रोतको पहिचान गरी नयाँ आर्थिक आयामको खोजी भइरहेको उनले बताए । ‘आधुनिक औद्योगिकीकरणले सुदूरपश्चिमलाई समृद्ध पश्चिम बनाउँछ । अब त्यसको शुरुआत भइसक्यो,’ उनले भने ।
कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का संघीय सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिमवासीको आर्थिक समृद्धिको सपना पूरा हुन लागेको बताए । सुक्खा बन्दरगाह निर्माण भएपछि दोधरा चाँदनी नेपालकै पहिलो अन्तरदेशीय नाका हुने दाबी समेत उनले गरे । उद्योग सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ देखि नै दोधारा चादँनीमा सुक्खा बन्दरगाह बनाउन पहल हुँदै आएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x