Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

महासंघको वरिष्ठ उपाध्यक्षका लागि प्रधान प्यानलको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षका लागि प्रधान प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका छन् । उनले आज भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गरि उम्मेदवारी दर्ताको घोषणा गरेका हुन् ।

उनले आफ्नो टीमको घोषणा गर्दै लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा अनुभव हाँसिल गरेको बताउँदै महासंघको स्तरोन्नतीका लागि पूजारी बनेर काम गर्ने बताए ।

उनको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दिएका छन् ।
कार्यक्रममा अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष कुशकुमार जोशी लगायतको सहभागिता रहेको छ ।

बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकालले यसअघि नै उम्मेदवारी दर्ता गराई सकेका छन् । यो सँगै महासंघमा चुनावी सरगर्मी सुरु भएको छ। विधान अनुसार महासंघ बरिष्ठ उपाध्यक्ष नै स्वत अर्को कार्यकालको अध्यक्ष हुने व्यवस्था छ । वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी कार्यकाल महासंघको नेतृत्व गर्दै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x