Date

शनि, भदौ १४, २०८२
Sat, August 30, 2025

तीब्र उतार चढावका बीच शेयर बजार झिनो अंकले घटेर बन्द

तीब्र उतार चढावका बीच शेयर बजार झिनो अंकले घटेर बन्द

काठमाडौं, १७ कात्तिक । तीब्र उतार चढावका बीच साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजार घटेको छ । आज बजार ३.३३ अंकले घटेर १६३७.६३ को विन्दुमा झरेको छ ।

सो अवधीमा १ सय ९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम हिजोको तुलनामा झन्डै ५० करोड रुपैयाँ कम हो ।

आज सर्वाधिक शेयर कारोबार प्राईम कमर्सियल बैंकको भएको छ । बैंकको प्रतिकित्ता ३ सय ४५ रुपैयाँमा १२ करोड ४० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यस्तै सर्वाधिक कमाउनेमा बिशाल बजार कम्पनी र गुमाउनेमा छिमेक लघुवित्त विकास बैंक रहेको छ । बिशाल बजारको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने छिमेकको ७.०१ प्रतिशतले घटेको छ ।

यस्तै कारोबारमा आएका १२ समूह मध्ये ४ समूहको परिसूचक घटेपनि बाँकी अरु भने बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *